ADMISSION OPEN  FOR
2080/081 INTAKE

२०८०/०८१ को विद्यार्थी भर्ना फारम भर्ने तरीका

१. कुन विषय पढ्ने ईच्छा छ छान्नुहोस । यस स्कुल मा संचालनहुने कार्यक्रमहरू:

Diploma in Civil Engineering
Diploma in Agriculture (Plant Science)
Diploma in Agriculture (Animal Science)

२. सम्वन्धित विषयको लागि आवश्यक न्युनतम योग्यता ।
  • मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई समग्रमा न्यूनतम स्तरिकृत अंक ४.० मा १.६ जि.पि.ए. हुनुपर्ने अथवा सो सरह।
  • वा परिषद्वाट संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी.-प्रि–डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको ।

३. कुन कोटावाट फारम भर्ने यकिन गर्नुहोस । सो कोटाको लागि आफू उपयुक्त कागजात भए/नभएको यकिन गर्नुहोस ।

Fee Structure 2080 Page 1

४. फारम download गर्नुहोस ।

 CLICK HERE Diploma Level Full fee paying_open Quota.pdf

५. फारममा स्पष्टसंग विवरण भर्नुहोस ।

६. विवरण भरेको फारम र आवश्यक कागजातहरु राम्ररी बुझनेगरी Scan गर्नुहोस् ।

क) SLC वा SEE को मार्कसिट, चारित्रिक प्रमाणपत्र, नागरिकता प्रमाणपत्र वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
ख) SLC वा SEE को मार्कसिट र चारित्रिक प्रमाणपत्र ननिकालेकाको हकमा SEE को NET बाट निकालेको मार्कसिट र SEE को प्रवेशपत्रको प्रतिलिपी ।
ग) आरक्षित वा लक्षित बर्ग कोटामा फाराम भर्नेहरुले सम्वन्धित निकायको सिफारिस पत्रको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने ।
घ) 35 MM X 45 Mm Size को २ प्रती रंगिन फोटो ।

७. यस सुम्निमा बहुप्राविधिक शिक्षालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक भोजपुर  शाखाको खाता न. २०४०१००००३३५८००१ मा रु १५०० (पन्द्र सय ) जम्मा गरेको भौचर पनि Scan गर्नुहोस । र उक्त सककल भौचर पछि शिक्षालयमा पेश गर्नुपर्ने छ ।

८. बैंकको भौचर को Scan र फारम तथा आवश्यक कागजातहरु Scan गरि यस शिक्षालयका email: exam@spi.edu.np मा send गर्नुहोस र 9861089016 मा फोनगरि जानकारि गराउनुहोस।

९. तपांईको Email हामिलाई प्राप्त हूनासाथ Document हरु Verify गरेर तपांइलाई खवर गर्नेछौं ।

१०. फाराम बुझाउने अन्तिम मिति २०८० भादौ २८ गते सम्म ।

११. प्रवेश परीक्षा सञ्चालन हुने मितिः २०८० भादौ ३० गते बिहान ८ बजे

१२. तपाई शिक्षायल नजिक हुनु हुन्छ भने शिक्षालयमा आई फारम भर्नुहोस । बिस्तृत जानकारिको लागि सुम्निमा  बहुप्राविधिक शिक्षालय मा सम्पर्क गर्नुहोला:

????: Bhojpur Muncipality-06, Deurali, Bhojpur
☎️: 029-420716, 9852052256
????: exam@spi.edu.np
????: https://spi.edu.np/

Share This Story, Choose Your Platform!